नवराज हत्या काण्डमा नालायकी लुकाउने बहानाबाजी : घनश्याम भुसाल


१४ जेष्ठ २०७७, बुधबार
ghanashyam bhusal

काठमाडौं, १४ जेठ । कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले दलित भनि हत्या गरिएका नवराज विकको हत्याको कारण सामाजिक–साँस्कृति संरचनामा खोज्नु नालायकी लुकाउने वहानाबाजी मात्र भएको बताएका छन् ।

उनले नवराजको हत्याको जिम्मेवारी राजनीतिक दल र नेताहरुले लिनुपर्ने समेत बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेको छन्, ‘नवराज विकको हत्यारा हाम्रो सामाजिक–साँस्कृतिक संरचनामा खोज्नु हाम्रो नालायकी लुकाउने बहानाबाजी हो ।

यसको जिम्मा मूलतः हाम्रो राजनीतिले, राजनीतिक पार्टीले, राजनीति गरेको दाबी गर्ने हामी स्वयंले लिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७