शान्ति मिसनमा खटिएका तीन नेपाली सैनिकलाई कोरोना


१४ जेष्ठ २०७७, बुधबार
un mision

काठमाडौं, १४ जेठ । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका थप तीन नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका दुई र सुडानमा खटिएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यूएन मिसनमा रहेका थप तीन नेपाली सैनिकमा कोरोना भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् । तर, संक्रमित सैनिकको नाम । तह भने गोप्य राखिएको छ ।

यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित चार जनामा कोरोना संक्रमण भएको थियो । शान्ति मिसनमा कार्यरत समेतलाई जोड्दा कोरोना संक्रमित हुने कूल सैनिकको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७