लकडाउन : कोरोना संक्रमण बढ्दै, सडकमा पास बाहेकका सवारी निर्वाध रुपमा गुड्दै (भिडियो)


१४ जेष्ठ २०७७, बुधबार
Lockdown 65th day.00 00 52 07.Still002

काठमाडौं, १४ जेठ । नेपालको कोरोना संक्रमण दिनानुदिन बढदै गएको छ । आजै मात्र ११४ जना नयाँ कोरोना संक्रमित थपिएको छ । नेपालको संक्रमितको संख्या ८८६ पुगेको छ ।

कोरोना जोखिम बढ्दै छ तर पछिल्लो पटक लकडाउनको उलंघन निकै बढ्न थालेको छ । काठमाडौंका बिभिन्न चोक चोकमा प्रहरी बसेपनि प्रभावकारी रुपमा जाँच नहुदा उलंघन बढेको हो । पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । जेठ २० गतेपछि भने लकडाउनको मोडालिटी परितर्वन गर्ने तयारीमा सरकार छ ।

लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएतापनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका लगाएत मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

दुुई महिनादेखि सरकारले जारी गरेको लकडाउन ६५ औँ दिन पुुरा भएको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको ६५ औँ दिन पुरा भएको हो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७