फास्ट ट्रयाककाे काम तोकिएकै समयमा सम्पन्न हुन्छ : नेपाली सेना


१४ जेष्ठ २०७७, बुधबार
bigyandev pandey

काठमाडौं, १४ जेठ । नेपाली सेनाले काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ ।


बुधबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गर्दै कोरोनाको माहामारीले काठमाडौं–तराई,मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नहुने भन्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने दावी गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले नेपाल सरकारले निर्देश भएअनुसार द्रतमार्ग बिशेष महत्वको रहेको भन्दै यसको निर्माण कार्य तिव्र रुपमा अघि बढेको र लक्षित समयभित्र पारदर्शी र गुणस्तरिय हिसावले पुरा हुने बताए ।

हालै सम्पन्न गरिएको अन्तराष्ट्रिय परामर्शदाता छनौट कार्यपनि अधिक प्रतिष्पर्धाका साथ स्वच्छता पारदर्शीताका साथ बिधमान ऐन कानूनको परिधिभित्र बसेर गरिएको उनले बताए । आगामी आर्थिक बर्षबाट सुरुङमाग निर्माण हुने जानकारी पनि उनले दिए ।

त्यस्तै सेनाले आगामी जुन र जुलाईमा कोरोना भाइरसको संक्रमित बढ्ने अनुमान गर्दै आधारमा रोकथाम, नियन्त्रण र उपचारका गतिविधि अघि बढाएको जनाएको छ ।

प्रवक्ता पाण्डेले जुन र जुलाईमा संक्रमितको संख्या बढ्ने अनुमान गरिएसँगै त्यसका लागि तयारी पनि अघि बढाएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७