प्रदेश–१ मा थप चार जना कोरोनालाई जितेर घर फर्के


१५ जेष्ठ २०७७, बिहीबार
koshi hospita

विराटनगर, १५ जेठ । प्रदेश–१ का थप चार जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चार जना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए ।

यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।

घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुई जना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए ।

प्रदेशमा निको हुनेको संख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७