स्कुलकै छतमा समसाँझै बलात्कार !


९ माघ २०७४, मंगलवार
rape 4

काठमाण्डौं, ९ माघ : मानिस बाक्लो बस्ती रहेको र ठाउँ–ठाउँमा सुरक्षा निकाय रहेको काठमाण्डौं धेरैले सुरक्षित ठानेको हुनुपर्छ । तर, काठमाण्डौंको वास्तविकता त्यो भन्दा फरक रहेको विभिन्न घटनाहरुले देखाउने गरेको छ ।rape 4

काठमाण्डौंमा १० कक्षामा पढ्ने एक छात्रा स्कुलको छतमा दिउँसै बलात्कृत बन्न पुगेकी छन् । यसले काठमाण्डौंका स्कुल छात्राहरुका लागि कति सुरक्षित छन् भन्ने प्रश्न उब्जाएको छ । महाराजगञ्जस्थित एक विद्यालयमा होस्टल बसेर पढ्ने ती छात्रा बलात्कृत भएकी हुन् । गएको महिना होस्टलकी छात्रालाई फकाएर छतमा बोलाई बलात्कार गर्ने सुजन श्रेष्ठलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका श्रेष्ठ सोही स्कुलको ब्याइज होस्टलमा बस्दै आएको र छात्रालाई झुक्याएर बलात्कार गरेको जनाइएको छ । आफूमाथि स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएका थिइन् । साँझको समयमा छतमा लगेर आफूमाथि बलात्कार गरेको उनको उजुरीमा उल्लेख छ । उजुरीमा उनले बहाना बनाएर छतमा बोलाएको र बलात्कार गरेपछि कसैलाई नभन्न धम्की दिएको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७