कांग्रेसको गठबन्धनमा संघीय समाजवादी नजाने


२० आश्विन २०७४, शुक्रबार
Upendra Yadav

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।

Upendra Yadav

पार्टीको उक्त औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको वरिष्ठ नेता अशोककुमार राईले बताए । ‘प्रधानमन्त्रीज्यूलाई गठबन्धनमा पार्टी रहँदैन भनेर स्पष्ट भनिसकेका छौं । केही निर्वाचन क्षेत्रमा तालमेल गर्न सकिन जानकारी पनि गराइसकेका छौं,’ राईले भने, ‘उक्त गठबन्धनसँगै हाम्रो सिद्धान्त र मुद्दा मिल्न नसक्ने भएकाले साथै रहन नसक्ने भएका हौं ।’ उनका अनुसार निर्वाचनमा संघीय फोरमले धेरै स्थानमा एकल उम्मेदवार उठाउने र केही ठाउँमा मात्रै तालमेल गर्नेछ । तर, निर्वाचन क्षेत्रको सिटमा तालमेल गर्न सकिने भन्दै पार्टीले महासचिव रामसहाय यादवलाई कांग्रेस नेतृत्वको कार्यदलमा समावेश गराएको छ । ‘त्यहाँ सिट संख्याबारे मात्रै कुराकानी गरिनेछ, अन्य विषयमा प्रवेशसम्म हुन्न,’ राईले भने ।

स्थानीय तहको निर्वाचनमा एक्लै मैदानमा उत्रिएको पार्टी तेस्रो चरणको निर्वाचनमा दोस्रो ठूलो दल हुन सफल भएको थियो । ४.११ प्रतिशत मत ल्याएर समग्रमा चौथो ठूलो दल हुन सफल भएको छ । संघीय फोरमको पदाधिकारी बैठकले कांग्रेस तथा एमाले नेतृत्वको दुवै गठबन्धनमा नबसी अलग रहने निर्णय गरेको छ । यसबारे दुवै गठबन्धनका शीर्ष नेतालाई जानकारी दिइसकेको राईले बताएको खबर नागरिक दैनिकमा छ । । ‘न हामी कांग्रेस नेतृत्वको गठबन्धनमा बस्छौं, न त एमाले नेतृत्वको गठबन्धनमा तर चुनावी तालमेल भने पार्टी अनुकूलता हेरेर दुवै गठबन्धनसँग गर्न भने खुला छौं,’ राईले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७