भारतीय सञ्चारमाध्यममा आएका खबरप्रति नेपाली सेनाको आपत्ति

भन्यो, ‘सरकारको निर्देशन पालना गर्न कटिवद्ध छौं’


१६ जेष्ठ २०७७, शुक्रबार
Nepal army headquarter

काठमाडौं, १६ जेठ । भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति नेपाली सेनाले कडा आपत्ति जनाएको छ ।

हिन्दुस्तान टाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो ।

दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन् । बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो ।

नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ ।

राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले फैलाइएको यस्ता अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई सेनाले अनुरोध गरेको छ ।

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सधैं कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस्ता अफवाह फैलाउने प्रयास हुनसक्ने भएकाले सचेत र सजग रहन नेपाली सेनाले अनुरोध पनि गरेको छ ।

big

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७