नयाँ बजेटले सुनको मूल्य प्रतितोला ३३ सयले महँगियो


१६ जेष्ठ २०७७, शुक्रबार
gold

काठमाडौं, १६ जेठ । सरकारले सार्वजनिक प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८ को बजेटसँगै नेपाली नागरिकले सुन खरिदका लागि थप रकम जोहो गर्नुपर्ने भएको छ ।

सरकारले हिजो (विहीबार) घोषणा गरेको आर्थिक वर्ष ७७–७८ को बजेटपछि बजारमा सुनको मूल्य प्रतितोला २३ सय ३२ रुपैयाँले बढेको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको जनाइएको छ ।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महसुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पु¥याइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महसुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

साबिकको भन्सार महसुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिएका छन् । चाँदीको भन्सार महसुल पनि १३ प्रतिशतले बढेको छ ।

एक तोला सुनमा झण्डै १० हजार रुपैयाँ भन्सार संसारकै बढी भएको भन्दै उनले सरकारी कदमप्रति आपत्ति जनाएका छन् । दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७