शान्ति सुरक्षामा खटिएका प्रहरी नै कुटिए, राहत वितरणमा वडाध्यक्षकै अवरोध


१६ जेष्ठ २०७७, शुक्रबार
101582126 3760157197387826 5494025807451914240 n

गौर, १६ जेठ । रौतहटको मौलापुर नगरपालिकामा लकडाउनका बेला शान्ति सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण भएको छ ।

हिजो (बिहीबार) बेलुका भएको यस घटनालाई रौतहट प्रहरीले अझै गोप्य नै राखेको छ ।
मौलापुर नगरपालिका–१ मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवले राहत वितरणमा सहयोग गरेको भनेर वड़ा सदस्यलाई कुटपिट गरेपछि सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय मौलापुरका चार जना प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको छ ।

नगरपालिकाले दोस्रो चरणको राहत बितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पु¥याएका थिए । वडाध्यक्ष यादवले निरन्तर अवरोध पु¥याउँदा राहत वितरणमा ढिलाई भएको थियो ।

‘पहिलो चरणको राहत जसोतसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सिर्जना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो ।

तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’, एक प्रत्यक्षदर्शीले भने, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक च्यातिदिए भने हतियार समेत खोसेका थिए । पछि थप प्रहरी आएपछि मात्र उनीहरूले छोडेका हुन् ।’ यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउन खोज्दै घटना सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७