कोरोना परीक्षणका क्रममा बौद्धमा झडप, मच्चियो ‘भागाभाग’


१६ जेष्ठ २०७७, शुक्रबार
1

काठमाडौं, १६ जेठ । काठमाडौंको बौद्धमा कोरोना परीक्षणका क्रममा झडप हुँदा भागाभाग मच्चिएको छ ।

काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका पीसीआर जाँच किट कम भएपछि सिर्जित विवादपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाकाबासीको कोरेना परीक्षणका लागि पाँच सय पीसीआर किटसहित पुगेका थिए ।

पीसीआर जाँच गर्न किट नपुग्ने भएपछि कसको परीक्षण गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिएका छन् ।

खुल्ला चौरमा दुई पक्षबीच झडप हुँदा भागाभाग भएको छ । कोरोना परीक्षणको क्रममा झडप भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा तीन युवाले निर्घात कुटाई खाएका छन् । नजिकै रहेको कुर्सी उचालेर समेत हानिएको छ । भिडियो खिच्ने पत्रकारलाई समेत गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

झडपमा केही युवाहरु घाइते भएको जनाइएको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७