कोरोना महामारीले कारण ठूलो आकारको बजेट ल्याउन सकिएन : अर्थमन्त्री {भिडियाे}


१६ जेष्ठ २०७७, शुक्रबार
yuvraj khatiwada

काठमाडाैं, १६ जेठ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले ल्याएको संकटको अवस्थाका कारण ठूलो आकारको बजेट ल्याउन नसकिएको स्पष्ट पारेका छन् ।  

शुक्रबार अर्थमन्त्रालयमा भएको बजेट अन्र्तक्रियामा उनले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम आकारको ल्याएको बताएकाे हाे । आफूले निकै संयमता अपनाएर बजेटको आकार सानो बनाएको उनको दावी छ ।

सामान्य अवस्थामा मुद्रास्फितीलाई समेत ख्यालमा राखेर बजेटको आकार कम्तीमा १० देखि १४ प्रतिशतसम्म बढे भएपनि यसपटक त्यस्तो सुविधा नभएको धारणा राखे ।  निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने र सार्वजनिक क्षेत्रको लगानीलाई पनि अगाडि बढाउनेगरी बजेट बनाउनु सामान्य सिद्दान्त भएको उनले बताए ।

कोरोनाका कारणले अर्थतन्त्र अत्यन्तै तरल अवस्थामा रहेको बताउँदै उहाले मुलुकभित्र मात्रै नभई अन्तराष्ट्रिय लगानी, व्यापार, पर्यटकको आवगमन, श्रम बजारबाट उत्पन्न हुन सक्ने आर्थिक परिसूचकहरु विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय र त्यसको आधारबाट अर्को वर्ष कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन भएको बताए ।

अर्थमन्त्री खतिवडाले बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको दावी गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु, मुलुकलाई दूरगामी प्रभाव पार्ने र खासगरी गेम चेञ्चर आयोजनालाई निरन्तरता दिनका लागि बजेट व्यवस्थापन गरेको बताए ।

 अर्थमन्त्री खतिवडाले कोरोनाबाट परेको अर्थतन्त्र उकास्नको लागि सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको पनि बताउनुभयो । यस्तै ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको उहाको भनाई छ ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय विकास निर्माण, साना ठूला सबै प्रकारका आयोजना, आफ्नो गाउँ आफैं बनाउँ अभियानलगायतका क्षेत्र सबैमा २ लाख रोजगारी सिर्जना गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७