ट्रम्प-ट्वीटर युद्ध : ट्वीटरले ‘हाइड’ गर्दियो ट्रम्पको ट्वीट


१७ जेष्ठ २०७७, शनिबार
y1rvn1jd9vT8VGgzjPs1

अमेरिका, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट सामाजिक सञ्जाल ट्वीटरले सिधै नदेखिने अर्थात् ‘हाइड’ गरिदिएको छ ।

ट्रम्पले गरेको कतिपय ट्वीट भ्रामक भएको र त्यसले समाजमा गलत सूचना दिएको भन्दै ट्वीटरले ट्रम्पको ट्वीटमा फ्याक्ट चेक सँगै राखिदिएपछि उनी ट्वीटरविरुद्ध आगो ओकल्न थालेका छन् ।

ट्वीटरसँग बदला लिन उत्रिएका ट्रम्पले सामाजिक सञ्जालसँग असीमित अधिकार रहेको भन्दै तिनलाई नियमन गर्न एक दिनअघि मात्र राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कार्यकारी निर्देशन जारी गरेका थिए ।

ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेको भन्दै उनको उक्त ट्वीट हाइड गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले नदेखिने बनाएको राष्ट्रपति ट्रम्पले गरेको उक्त ट्वीट फेरि जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरियो । तर त्यो ट्वीट पनि ट्वीटरले हाइड गरिदिएको छ ।

यद्यपि, हाइड गरिएको ट्वीटमा के थियो भन्ने हेर्न चाहनेले भने हाइडको अप्सनमा गएर क्लिक गरी हेर्न सक्छन् । तर त्यसमा चेतावनीको संकेत राखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७