भारतमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन आठ हजार संक्रमित, २६९ को मृत्यु


१७ जेष्ठ २०७७, शनिबार
000 1SH1S7

काठमाडौं, १७ जेठ । छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिन थालेको छ । भारत विश्वमा कोरोना संक्रमणको उच्च गति भएको देशको नवौं सूचीमा परेको छ ।

हिजो (शुक्रबार) भारतमा कोरोना संक्रमण र मृत्युको नयाँ रेकर्ड बनेको छ । हिजो भारतमा एकै दिन आठ हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वर्ल्डओमिटरका अनुसार भारतमा एकै दिन ८ हजार १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको नवौंं स्थानमा उक्लिएको हो ।

भारतमा अहिलेसम्म एक लाख ७३ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ८२ हजार ६२७ जना उपचार पछि निको भएका छन् । त्यहाँ अहिलेसम्म झण्डै ५ हजार जनाको ज्यान गएको छ । यो संख्या चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७