विश्वभर २६ लाख ५९ हजार कोरोना संक्रमित निको, तीन लाख ६६ हजारको मृत्यु


१७ जेष्ठ २०७७, शनिबार
000 1S68D5

काठमाडौं, १७ जेठ । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या विश्वभर तीन लाख ५९ हजार भन्दा बढी पुगेको छ ।

विश्वका ६० लाख ३० हजारभन्दा बढी कोरोना संक्रमितमध्ये २६ लाख ५९ हजार जनाभन्दा बढी उपचारपछि निको भएका छन् ।

विश्वभरको कोरोना संक्रमणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने वेबसाइट वर्ल्डओमिटरको तथ्यांकअनुसार नेपाली समय शनिबार बिहान ८ः१५ सम्म कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख ३० हजार २९४ पुगेको छ । तीमध्ये ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणबाट बिरामी भएकामध्ये २६ लाख ५९ हजार २५० जना निको भइसकेका छन् ।

अहिले विश्वमा कोरोनाबाट सबैभन्दा बढी पीडित अमेरिका बनेको छ । जहाँ अहिलेसम्म १७ लाख ९३ हजार ५३० जना संक्रमित भइसकेका छन् भने तीमध्ये एक लाख ४ हजार ५४२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७