चट्याङले लागेर दुईको मृत्यु, एक घाइते


१७ जेष्ठ २०७७, शनिबार
chatyang

रोल्पा, १७ जेठ । चट्याङ लागेर रोल्पामा दुई जनाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको गुठिमधारामा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

शुक्रबार दिउँसो घरमा बसिरहेको बेला चट्याङ लाग्दा ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीया आशा बुढामगरको मृत्यु भएको हो । चट्याङ लागेर २४ वर्षीय सविन बुढामगर घाइते भएका छन् । उनी मृतक आशा बुढामगरका पति हुन् ।

चट्याङ लागेपछि बेहोस भएका उनीहरुलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा लगिएको थियो । अस्पताल पुर्‍याउना साथ अस्पतालले उनीहरुलाई मृत घोषित गरेको थियो । चट्याङ लागेर घरमा समेत सामान्य क्षति पुगेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

एक महिनाको बीचमा रोल्पामा चट्याङ लागेर चार जनाको मृत्यु भइसकेको छ । वैशाख २५ गते रोल्पाको सिर्पमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७