सप्तरीका थप नौं जनालाई कोरोना, संक्रमित ४२ जना पुगे


१७ जेष्ठ २०७७, शनिबार
korona 1

सप्तरी, १७ जेठ । सप्तरीमा आज (शनिबार) थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमित नौं जनामध्ये एक जना महिला छिन् ।

धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा उनीहरुको स्वाब परिक्षण भएको थियो । उनीहरुको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७