कपिलवस्तुमा थप ७७ जनालाई संक्रमण, संक्रमितको संख्या २६५ पुग्यो


१७ जेष्ठ २०७७, शनिबार
korona 1

कपिलवस्तु, १७ जेठ । कपिलवस्तुमा आज (शनिबार) थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् ।

यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७