कांग्रेस बैठक : संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय


१७ जेष्ठ २०७७, शनिबार
Congress 2

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय सानेपामा आज (शनिबार) बसेको बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

प्रस्तावमा छलफल भइरहेको छ । एक नेताले भने, ‘निर्णय हुने त त्यही हो, तर अहिले नेताहरुले आफ्नो धारणा राखिरहनु भएको छ ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो । शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसेर संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो ।

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो । कांग्रेसले आज संशोधनको पक्षमा उभिने निर्णय गरे भोलि संसदमा यो विधेयक पेश हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७