दैलेखमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ, कोेरोनाबाट ज्यान गुमाउने सात पुगे


१७ जेष्ठ २०७७, शनिबार
dailekh deth

काठमाडौं १७ जेठ । दैलेखको क्वारिन्टनमा आज (शनिबार) विहान मृत्यु भएका एक युवाको कोरोना रिपोर्ट पोजेटिभ (संक्रमित) आएको छ ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७