लिम्पियाधुरासहितकाे नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


१७ जेष्ठ २०७७, शनिबार
congress 1

काठमाडाैं, १७ जेठ । प्रमुख विपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरासहितकाे नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न  निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे पार्टीको केन्द्रीय कार्यसमिति बैठकले  संसद्मा दर्ता भएको संविधान संशोधनकाे पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिएकाे हाे ।  

कांग्रेसले सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको बताउँदै  यसलाई संविधानमा अंग बनाउने गरी सरकारले ल्याएको प्रस्ताव भएकाे बताएकाे छ।

यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको थियाे।

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७