बुन्डेस लिगामा बायर्नसँग फोर्चुना ५-० ले पराजित


१८ जेष्ठ २०७७, आईतवार
X1WyRUJW3a0jlCJvMp5v

काठमाडौं, १८ जेठ । जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल ‘बुण्डेस लिगा’म ा बार्यन म्युनिखले फोर्चुना डुसेलडोर्फलाई ५–० ले हराएको छ ।

रेलीगेशन क्षेत्रमा संघर्ष गरिरहेको डुसेलडोर्फ विरुद्ध बायर्नलाई फराकिलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यसैगरी बेन्जामिन पाभर्ड र अल्फन्सो डेभिजले एक–एक गोल गर्दा डुसेलडोर्फका माटियास यर्गेनसनले एक आत्माघाति गोल गरे ।

यो जितपछि बार्यनले लिगको शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । बार्यनको २९ खेलबाट ६७ अंक छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुण्ड ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
बुन्डेस लिगा अन्तर्गत गए राति भएका अन्य खेलहरुमा हर्था बर्लीन, वेडर ब्रेमेन, आईन्त्राच फ्र्याङ्कफर्ट र होफनहाइम पनि विजयी भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७