भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या


१८ जेष्ठ २०७७, आईतवार
Death Body

गुल्मी, १८ जेठ । गुल्मीमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–४ का ५६ वर्षका चन्द्रबहादुर परियारले क्वारेन्टिनमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्का जानकारी दिएका छन् ।

शनिवार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । शनिवार बेलुका शौचालय जान क्वारेन्टिनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टिन नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

अहिलेसम्म आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनास्थलमा लाश जाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमका लागि आइतबार बिहान सदरमुकाम तम्घास ल्याइने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७