प्रदेश-२ का थप ६० जनालाई कोरोना संक्रमण


१८ जेष्ठ २०७७, आईतवार
korona 1

वीरगञ्ज, १८ जेठ । प्रदेश–२ अन्तर्गतका विभिन्न जिल्लामा आज (आइतबार) ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् ।

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जना रहेको जनाइएको छ ।

त्यसैगरी धनुषामा संक्रमति भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन् ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७