‘कृ’ नचले त बेइज्जत हुन्छु : अनमोल


९ माघ २०७४, मंगलवार
anmol kc photo 8

काठमाण्डौं, ९ माघ : विस्तारै नेपाली चलचित्रले नेपालीहरुको मन जित्न थालेको छ । नेपाली कलाकारले पनि दर्शकको मन जित्नका लागि निकै मेहनत गरिरहेको देखिन्छ । अहिले चलचित्रमा चर्चासँगै निकै मेहनत गर्ने नायकको सूचीमा अनमोल केसी पनि देखिएका छन् ।anmol kc photo 8

उनको फरक ‘लुक्स’ र धेरै मेहनत रहेको दावी गरिएको चलचित्र ‘कृ’ आउँदो माघ २६ गते प्रदर्शनको तयारीमा छ । नेपाली दर्शकले अनमोलको यो चलचित्र व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । दर्शकको प्रतिक्षा मात्र होइन, यस चलचित्रप्रति स्वयम् नायक अनमोल केसीको पनि ठूलो अपेक्षा छ । उनी यो फिल्मले आफ्नो करिअरलाई माथि उचाल्ने कुरामा विश्वस्त छन् । उनी भन्छन्–‘यो चलचित्र चलेन भने त मेरो पनि बेइज्जत भईहाल्छ नि ।’ अभिनेता अनमोल केसी आफूले जे पनि काम गरेको भए करोडौ पैसा कमाउन सक्ने दावी गर्छन् । अभिनेता केसीले मिडिया कुराकानीमा भनेका छन् कि–‘मैले चाहेको भए धेरै पैसा कमाउन सक्थें । तर, मलाई पैसा होइन दर्शकको मन जित्नु छ ।’

उनले आफूे आजसम्म कुनै पनि निर्मातासँग यति पैसा चाहिन्छ भनेर डिमाण्ड नगरेको पनि बताएका छन् । तर, निर्माताहरुले आफ्नो हार्ड वर्क हेरेर अफर गरेको हुनसक्ने उनी बताउँछन् । आफूले पैसाका लागि भन्दा पनि राम्रो बिषयलाई हेरेर मात्र काम गर्ने अनमोलको भनाई छ । अनमोलले आफूलाई कहिल्यै पनि आफ्नो फिल्मले कति कमाउँछ भनेर दिमागमा सोच नआउने बताए । उनले, जसरी हुन्छ आफूले दर्शकको मन जित्नु रहेको बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७