भारतले वीरगञ्जमा सीमा मिचेको दावी गर्दै सर्वोच्चमा पर्‍यो रिट


९ माघ २०७४, मंगलवार
sarbochcha adalat 1

काठमाण्डौं, ९ माघ : भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको दावी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नयाँ सीमास्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको रिटमा दाबी गरिएको छ ।sarbochcha adalat 1

अधिवक्ता न्यौपानेको रिटमा पूराना पिल्लरको ठाउँमा नयाँ पिल्लर राख्दा नेपालतर्फ सुगौली सन्धी र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगञ्ज मा.न.पा. १ छपकैया एरिया सिर्सैया खोलाधारतर्फको लगभग ३ सय मिटर नेपालको जमिन मिचि मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको उल्लेख गरिएको छ ।’ उनले प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

सुगौली सन्धी विपरीत सीमास्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । सुगौली सन्धी र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतिले सीमास्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न न्यौपानेले माग गरेका छन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ । वीरगञ्जको छपकैयामा सीमास्तम्भ गाड्ने क्रममा स्थानीय बासिन्दाले आफूहरुको ५० विघा जग्गा मिचिएको भन्दै विरोधमा उत्रिएका छन् । तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७