आउँदो असार १ गतेदेखि पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालयको आह्वान


१८ जेष्ठ २०७७, आईतवार
giriraj BDjUzqKiso

काठमाडौं, १८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण लामो समयसम्म पठनपाठन अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।

निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न–गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आह्वान गर्दछु,’ मन्त्री पोखरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण विद्यालयले भर्ना खुल्ला गर्न सकिरहेका छैनन् । जसका कारण लाखौं विद्यार्थीको पढाइ अवरुद्ध भइरहेको छ । सरकारले आउँदो जेठ ३२ गतेसम्म लकडाउन जारी रहने घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७