‘अतिक्रमण गरेर बनाएको सडकमा भारतले यातायात सञ्चालनको तयारी गरिसक्यो, रोकौं’ {भिडियाे}


१८ जेष्ठ २०७७, आईतवार
birod khatiwada

काठमाडाैं, १८ जेठ ।  सांसदहरुले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा भारतले यातायात सञ्चालनको तयारी गरेको भन्दै सांसदहरूले त्यसलाई रोक्ने पहल थाल्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शुन्य समयमा नेकपाका सांसद विरोध खतिवडाले उक्त क्षेत्र भएर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताएको हो ।

त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उनको भनाई छ ।

सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक रहेको र यस विषयमा संसदमा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गरे ।

 सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य चर्चा गर्दै दोषीलाई कारवाही गर्न माग गरे ।

सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७