थप पाँच जनामा कोरोना संक्रमण, आजै मात्र १७१ जना संक्रमित


१८ जेष्ठ २०७७, आईतवार
health ministry 2

काठमाडौं, १८ जेठ । नेपालमा थप पाँच जना कोरोना संक्रमित  थपिएको छन्। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयकाे पछिल्लो जानकारी अनुसार  संक्रमित संख्या आजै मात्र १७१ जना पुगेको हो ।

मन्त्रालयको दिउँसो नियमित पत्रकार सम्मेलनमा आज (आइतबार) थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ५७२ पुगेको छ भने २२० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

यस्तै आठ जना संक्रमितको ज्यान गइसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार मृत्यु भइसकेका दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो । प्रवक्ता देवकोटाले दैलेखको दुल्लु नगरपालिका-७ को क्वारेन्टाइनमा रहेका दुल्लु ११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हाे । health ministry 3

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६७ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ नमुना परीक्षण भएका छन् ।

यस्तै आइसोलेसनमा १ हजार ३ सय ४९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख १९ हजार १९२ पुगेको छ । health ministry 2

स्वास्थ्य मन्त्रालयकाे नियमित काेराेना अपटेड भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७