यस कारण मैले महिलासँग नै जीवन बिताउने निधो गरें………..


९ माघ २०७४, मंगलवार
scatch

म र मेरी साथी समलिङ्गी होइनौं अर्थात् हामी एक–अर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौं । हामीबीचको आकर्षण आत्मको हो । यसकारण विगत करीब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौं । अहिले हामी ७० वर्षका भयौं । सँगै बस्ने निधो गर्ने बेला हामी करीब ३० वर्षका थियौं । जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो । मलाई पनि र उनलाई पनि । म र मेरी साथी दुई जनासँगै बस्ने निधो गर्नुको सबैभन्दा ठूलो कारण यही हो ।scatch

स्वतन्त्रता : हामी दुवै एक–अर्काभन्दा एकदमै भिन्न छौं । मलाई यो उमेरमा पनि चहकिलो रङ्ग मन पर्छ । मलाई लिपस्टिक लगाउन मनपर्छ । तर उनलाई फिक्का रङ्गका सामान मन पर्छन् । ७० वर्षकी भएर पनि म अग्ला जुत्ता लगाउँछु ।

पति नपुंसक भएको थाहा पाएपछि : म टेलिभिजन हेर्छु जबकी उनी मोबाइलमा व्यस्त रहन्छिन् । उनी भन्छिन्–‘बुढेसकालमा तिमीलाई यो के रोग लागेको हो ?’ यही हो हाम्रो जिन्दगी । थोरै ठाकठुक र आफ्नै तरिकाले जिउने स्वतन्त्रता । हुन त हामी एउटै छानामुनि बस्दै आएका छां ँ। तर हामीले एक–अर्काको स्वतन्त्रतामा हस्तक्षेप गरेका छैनौं । आजकलको वैवाहिक सम्बन्धमा यति स्वच्छन्दता कहाँ हुन्छ र ? जब अपेक्षा बढ्छन् दुईबीचको सम्बन्ध फिक्का हुँदै जान्छ र अन्ततः तोडिन्छ ।

अतीत : उसो त मेरो पनि बिहे टुटेको थियो । तर त्यो अतीत भइसक्यो र जिन्दगीको त्यो पाना अब म पल्टाउन चाहदिनँ । बच्चाहरू ठूला भइसके र आफ्नो जिन्दगीमा अगाडि बढिसके । मेरी साथी त सधैँ एक्लै बस्नुपर्नेमा विश्वास राख्थिन् । अहिले पनि उनी त्यस्तै सोच्छिन् । हामी एकअर्कासँगै छौं पनि र छैनौं पनि । यति वर्षदेखि सँगै बस्दै आए पनि एकअर्काका कतिपय बानीको भेउ हामीलाई छैन । हाम्रो सम्बन्धको सौन्दर्य पनि यही हो । हामीले एकअर्कालाई पूर्ण रूपमा बुझ्न सकेका छैनौं र शायद एक अर्काबारेको खुलदुली नमेटिएर पनि होला हामीबीच निकटता कायम छ । मान्छेहरूले सोध्ने गर्छन्–एक अर्कालाई हेरेर मात्र दिक्क लाग्दैन तिमीहरूलाई ? तर साँच्चै भन्नुपर्दा हामी एक अर्कासँग निकै कम कुरा गर्छौ ।

दुई : हामी एउटै घरमा त बस्छौँ तर कहिलेकाहीँ खाना खानेबेला मात्र हाम्रो भेटघाट हुन्छ र आ–आफ्नो काममा लाग्छौं । यस्तो बानी हाम्रो जागिर खाएको बेलादेखिकै हो र त्यो अहिले पनि उस्तै छ । शुरूमा काम गर्ने महिला हामीकहाँ आउँदा आश्चर्यमा पर्थिन् ।

जिज्ञासा : हाम्रा कोही आफन्त छैनन् भन्नेबारे उनको जिज्ञासा हुन्थ्यो । म उनीसँग बहस गर्न चाहन्न थिएँ । आफन्त र साथीको मामिलामा हामी निकै धनी छौं भनेर म उनलाई कसरी सम्झाउन सक्थें र ? तर एक अर्कासँगै बस्ने निर्णय हामी दुईको सचेत छनोट थियो । काम गर्ने महिलाको हरदिनको चिन्ता हुन्थ्यो कि हाम्रो घरमा चोरी हुनसक्छ वा हामीलाई कसैले मारिदिन सक्छ । म उनको चिन्ताप्रति केवल हाँस्न मात्रै सक्थें । अनि, एक दिन उनलाई मैले भनिदिएँ–‘हाम्रो घरमा चोरेर चोर खुशी हुन सक्ने त्यस्तो केही छैन ।’ उनले मेरा कुरा कति बुझिन् त्यो थाहा छैन । तर हाम्रो जिन्दगीप्रति भने उनको सधैँ सहानुभूति रहने गथ्र्यो । यथार्थ के हो भने हाम्रो जिन्दगी त्यस्तै छ जस्तो होओस् भन्ने हामी चाहन्थ्यौं । म बिहान आफ्नै इच्छाले उठ्छु । जिन्दगीमा त्यस्तो हतारो पनि केही छैन । म एकताका सोच्थेँ बिहान सबेरै उठूँ र अन्यलाई जस्तै आफ्नो बाहेक अरूको पनि चिन्ता मलाई होओस् । यसको अर्थ यो होइन कि जिम्मेवारीबाट पन्छिन हामीले यस्तो जिन्दगी रोज्यौं । हाम्रो घरमा आउने वा हामीले भेट्ने मान्छेलाई लाग्दो हो हामीमाथि कुनै जिम्मेवारी छैन ।ss

जिम्मेवारी : तर आफूप्रतिको आफ्नो जिम्मेवारी कहाँ कम हुन्छ र ? हामी दुवैजना आफ्नो आवश्यकताका लागि कसैको मुख ताक्दैनौं । मान्छेहरूलाई लाग्दो हो हामी एक अर्कासँग यसरी बसिरहेकोमा केही समस्या पक्कै हुनुपर्छ । तर हामीबीच त्यस्तो केही छैन । अरूको सोच बदल्ने वा उनीहरूले के सोच्छन् मलाई त्यसको मतलब छैन । म सिन्दूर लगाउँछु र गहनाले सजिन्छु । मन लागेसम्म लगाउँछु, मन नलागे लगाउँदिनँ । यो सम्बन्धबाट एउटा कुरा बुझियो कि तपाईँ जोसँग पनि बस्न सक्नुहुन्छ । जिन्दगी भने त्यो व्यक्तिसँग मात्रै बिताउन सक्नुहुन्छ जसले साथ दिन्छ तर स्वतन्त्रता खोस्दैन । मानिसहरूलाई हामीले बाँचिरहेको जिन्दगी निकै अनौठो लाग्छ ।
उनीहरू यो बुझ्दैनन् कि हामी दुई साथी हौँ, आफूले कमाएको खाइरहेका छौँ, सँगै बसिरहेका छौं । न कसैको केही मागेका छौं न कसैसँग केही गुनासो गरेका छौं । आखिर यसमा गलत के छ ?
(यो उत्तर भारतकी एक महिलाको वास्तविक जीवनमा आधारित घटना हो । उनीसँग बीबीसी संवाददाता भूमिका रायले कुराकानी गरेकी हुन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७