भारतमा बन्दाबन्दी हट्यो संक्रमण बढ्यो : एकै दिन साढे आठ हजार संक्रमित, २२३ को मृत्यु


१९ जेष्ठ २०७७, सोमबार
korona india 2 1

नयाँदिल्ली, १९ जेठ । ६८ दिन लामो बन्दाबन्दी खुलेकै दिन भारतमा कोरोना संक्रमणले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

भारतमा आइतबार अहिलेसम्मकै सबैभन्दा बढीको रेकर्ड बनाउँदै एकै दिन साढे आठ हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबार भारतमा आठ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै त्यहाँ संक्रमणबाट २२३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा संक्रमितको संख्या एक लाख ९० हजार ६०९ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ५ हजार ४०८ जनाको मृत्यु भइसकेको वल्र्डओमिटरले जनाएको छ । भारतमा अहिलेसम्म ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ६२ लाख ५९ हजार ५३३ पुगेको छ । सोमबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार आइतबार मात्रै विश्वभर एक लाख ९ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म संक्रमणबाट विश्वभर ३ लाख ७३ हजार ६९१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै विश्वभर ३ हजार १८५ जनाले ज्यान गुमाएका छन् ।

आइतबार अमेरिकामा ६३३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ६ हजार १९१ पुगेको छ । त्यसैगरी आइतबार ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, क्यानाडामा २२१, रुसमा १३८, बेलायतमा ११३, पेरुमा १३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७