इटहरीमा ‘ग्याङ’ फाइट, एक जनाको गयो ज्यान


१९ जेष्ठ २०७७, सोमबार
Rai Deth

सुनसरी, १९ जेठ । सुनसरी जिल्लाको तरहरामा ‘ग्याङ’ फाइट हुँदा एक जनाको ज्यान गएको छ ।
इटहरी गरपालिका–२० तरहराको एकता टोलमा गए राति ग्याङ फाइट भएको प्रहरीले जानकारी दिएको छ ।

ग्याङ फाइटमा तरहराका राजन राईको ज्यान गएको छ । राईको शरीरभर छुरा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार राति करीव ९ बजे राईलाई तीन जनाको समूहले छुरा प्रहार गरेको इटहरी प्रहरीले जनाएको छ । गम्भीर घाइते राईको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीले मृतक राईलाई उनकै साथीको समूहले छुरा प्रहार गरेको बताएका छन् । राईलाई प्रज्वल तामाङले छुरा प्रहार गरेको भण्डारीले बताए । घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७