थप ४८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १,६१५ पुग्यो


१९ जेष्ठ २०७७, सोमबार
korona 1

काठमाडौं, १९ जेठ । नेपालमा आज (सोमबार) विहानै थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित दैलेख, जुम्ला, पाल्पा, रुपन्देहीलगायतका जिल्लाका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो। दैलेखका संक्रमितमध्ये दुई महिला छन्। जुम्लाका १९ जना संक्रमित सबै पुरुष भएका प्रतिष्ठनले जनाएको छ ।

यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न भने बाँकी छ । भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका १९, ३८ र ४० वर्षका पुरुष र रुपन्देहीका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ६१५ पुगेको छ । नेपालमा आइतबार १६६ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा केहि दिनयता संक्रमितको संख्या लगातार बढिरहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७