सुदूरपश्चिममा थप १८ जनालाई कोरोना, कैलालीका मात्रै १४ जना


१९ जेष्ठ २०७७, सोमबार
Seti Hospital

काठमाडौं, १९ जेठ । सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले सोमबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार विभिन्न स्थानबाट ल्याइएका थप नमूनाहरु परीक्षण गर्दा थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु कैलालीका १४ जना, बैतडी, डोटी, अछाम र कञ्चनपुरका १–१ जना रहेको प्रयोगशालाका इञ्चार्ज रमेश शाहीले जानकारी दिएका छन् ।

आइतबारसम्म अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार दिउँसो थप १८ जनामा संक्रमण पुष्टि भएसँगै त्यो संख्या ४३ पुगेको छ ।

थप १८ जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसमध्ये ६ जना निको भइ घर फर्किसकेका छन् । एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७