घर पुर्‍याई दिन्छु भन्दै बाटैमा बालिकाको बलात्कार


९ माघ २०७४, मंगलवार
rape minor

पाँचथर, ९ माघ : घर पुर्‍याई दिन्छु भन्दै एक नाबालिकालाई बाटैमा बलात्कार गर्ने पाँचथरका एक युवा प्रहरीको फन्दामा परेका छन् । नाबालिकालाई करणी गरेको आरोपमा पाँचथर याङवरक गाउँपालिका–४ बस्ने २९ वर्षीय कविन्द्र सुन्दासलाई प्रहरीले पक्रेको छ । rape minor

सोमबार राति उनले स्कुटरमा घर पुर्‍याई दिन्छु भन्दै बाटोमै नाबालिकालाई करणी गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका सुन्दासलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७