आज थप २२६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो

देशभरका आइसोलेसनमा १,५६९ जना, २२१ जनाले जिते कोरोना


१९ जेष्ठ २०७७, सोमबार
bikash devkota

काठमाडौं, १९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज (सोमबार) थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३१० वटा नमुना परीक्षण गरिएको बताए ।

मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र १८० पुरुष छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७