सरकारले समाजवादको साइनबोर्ड राखेर कुहिएको पुँजीबाद बेच्दै छ : सांसद किराती {भिडियाे}


१८ जेष्ठ २०७७, आईतवार
sudan kirati

 काठमाडौं, जेठ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुदन किरातीले सरकारले समाजवादको साइनबोर्ड राखेर कुहिएको पुँजीबाद बेचेको आरोप लगाएको छन् । आइतबारको संसद बैठकमा बजेट माथि आफनो सुझाव दिँदै सरकाले ल्याएकाे बजेटलाई  उनले समाजवाद तर्फ उन्मुख बजेट  नभई कुहिंएको पुँजीवाद संज्ञा दिएका हुन् ।

उनले भने,‘किराँतीले आफूले समाजवाद ल्याउँछु भनेर भोट मागेको तर, समाजवादको साइनबोर्ड राखेर यो सेतो घरमा कुहिएको पुँजीबाद बेचिँदो रहेछ।’ सरकारले जनताको समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउन नसकेको आरोप पनि उनको थियो । 

उनले सरकारलाई प्राथमिकता तय गर्न भन्दै जरुरी पानीजहाज हो कि आणविक स्टेशन हो कि स्वास्थ्य, शिक्षा र कृषि भन्दै प्रश्न पनि गरे ।

‘स्वास्थ्य क्षेत्रमा संकट छ । तर, अहिले नै हामीलाई जेल चाहिन्छ, पानी जहाज चाहिन्छ, त्यति मात्रै नभएर आणविक स्टेशनहरु पनि चाहिन्छ होला तर, अहिलेको मुख्य प्राथमिकता भनेको कृषि, शिक्षा स्वास्थ्य नै हो ।’

उनले नेपालको शिक्षामा नेपालको इतिहास परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘हामीले हारेको शिक्षालाई जितेको कुरा पढेउ पढाऔँ, सुुगौली सन्धीमा हारेको इतिहास हो ।’उनले भने,‘अब वास्तविक इतिहास र शिक्षा पढाऔँ’

वास्तविक किसान सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेटले सन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले राष्ट्रपति कृषि पुरस्कार पाएको मानिस आज विदेश गएको छ, विदेशबाट आएर लगानी गर्नेहरुको हालत के छ भन्दै प्रश्न गरे ।

यस्तै सांसद किरातीले सिमानामा खटाउन नसक्ने हो भने सेनाको संख्या पनि घटाउनुपर्ने माग गरे । उनले सेनाले प्लटिङ गर्ने, मुनाफाका लागि व्यापार गर्ने हाे ? भन्ने प्रश्न गरे ।

उनले भने ‘सार्वभौमसत्तामाथि गम्भिर प्रश्न उठिराखेको बेला सिमानामा सेना खटाउन सकिँदैन भने सेनाको पनि संख्या घटाइदिऊँ । सेना आज प्लटिङ गर्दैछ, पेट्रोलपम्प खोलेर राज्यको तलब खाएर पेट्रोल भर्दै बसेको छ । सेनाको आफ्नै अदालत छ रे ! कता कता सुन्छु जेल पनि आफ्नै बनाउँदै छ । के यो दोहोरो राज्यसत्ताको अभ्यास गर्न खोजिएको हो !’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७