बाँके दुर्घटना अपडेट : मृत्तक १२ जनाकै सनाखत (मृत्तक र घाइतेको सूचीसहित)


१९ जेष्ठ २०७७, सोमबार
BS Rajha 20200601 075213 1 scaled

बाँके, १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गए राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका रहेको छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जङ्गलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान सुरक्षा अधिकृतहरुले गरेका छन् ।
मृतक र घाइतेको नामावली

Banke

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७