कोरोना रोकथामका लागि नेपाललाई ‘एडीबी’ को ३० अर्ब ऋण सहयोग


१९ जेष्ठ २०७७, सोमबार
adb

काठमाडौं, १९ जेठ । नेपालमा कोरोना रोकथामका लागि एशियाली विकास बैंक (एडीबी) ले ३० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ ।

उक्त ऋण सम्झौतापत्रमा सोमबार अर्थ सचिव शिशिर ढुंगाना र एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

एडीबीले उपलब्ध गराएको रकमले कोरोना नियन्त्रणका लागि सहयोग पुग्ने मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए । ऋण सहयोगले जनस्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने सचिव ढुंगानाको भनाइ छ ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले महामारीको समयमा नेपालको योजनामा एडीबीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकले उपलब्ध गराएको ऋण जनस्वास्थ्य, ‘क्वारेन्टाइन’ बनाउन तथा प्रयोगशाला बनाउनमा खर्चिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७