घुस लिएको अभियोगमा नापी अधिकृतलगायतलाई मुद्दा


१९ जेष्ठ २०७७, सोमबार

काठमाडौं, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले मिलेमतोमा रु १७ लाख बराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगले लेखन्दास शर्माविरुद्ध रु १७ लाख, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीविरुद्ध रु १२ लाख, नायब सुब्बा पन्थीविरुद्ध रु पाँच लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७