लकडाउनका बेला काठमाडौंमा सुन चोर्दै हिंड्ने तीन जना पक्राउ


१९ जेष्ठ २०७७, सोमबार
41d50c239cc5ef368ab611d3be72ace1 w320 h190 cp

काठमाडौं, १९ जेठ । लकडाउनको मौका छोपेर भइरहेको चोरी नियन्त्रणका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान चलाएको छ ।

अभियान अन्तर्गत रातको समयमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका मिलन तामाङ, नुवाकोटका प्रेम तामाङ र भारतीय नागरिक ऋषिमुनि कुमार छन् ।

मिलनले चोरी गरेर प्रेम र ऋषिमुनिलाई सामान विक्री गरेको महाशाखाका एसएसपी दिपक थापा बताउँछन् । मिलनले काठमाडौं, सरकारीधारास्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडेर सुन, चाँदीका गहरा चोरी गरेको थापाको भनाइ छ ।

‘अन्दाजी दुई लाख २३ हजार ८ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा उनी संलग्न छन्’, थापाले भने, ‘उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएका छौं ।’ प्रहरीले उनीहरुको साथबाट गरगहना समेत बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७