७० औ दिन लकडाउन : उपत्यकाका सडकमा नीजि सवारी निर्वाध रुपमा गुड्दै {भिडियो}


१९ जेष्ठ २०७७, सोमबार
Lockdown 70th day.00 00 56 20.Still007

काठमाडौं, १९ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले जारी गरेको लकडाउनको उलंघन बढ्दै गएको छ ।  गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

पछिल्लो पटक लकडाउनलाई जेठ ३२ गतेसम्म लम्बाइएको छ । तर ७० औ दिनसम्म आइपुग्दा लकडाउन उलंघन बढ्नेको संख्या पनि बढ्दै गएको छ । उपत्यकाका सडकमा सार्वजनिक बाहेक नीजि सवारी निर्वाध रुपमा गुडिरहेका छन् । सरकारले केहि दिन पछि लकडाउनको मोडालिटी पनि परिवर्तन गर्ने तयार गरेको छ ।

लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएतापनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् ।

काेराेना संक्रमित बढ्दाे

कोभिड–१९ को सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।  नेपालमा आज (सोमबार)सम्म सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखियो ।

संक्रमण जिल्लाको संख्या ५९ पुुगकोछ । आज डोटीमा पहिलो पटक सङ्क्रमण देखिएको छ । अब सङ्क्रमण नदिएका जिल्ला जम्मा १८ रहेका छन् । ती सङ्क्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना रहेका छन् । आज देखिएका २३९ सँगै सङ्क्रमित एक हजार ८११ पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७