२०७७ जेठ २० गते मंगलबारको तपाईको राशिफल


२० जेष्ठ २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेम सम्बन्ध कसिलो होला । कृषि कारोबारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । घरको सामान्य मनोरञ्जनमा सहभागी भइने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । रोकिएका काम भने यथावत् नै रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा बाधा आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वरपरका इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । प्रेमी र प्रेमिकाको सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । चिताएको र गरेको कार्यमा सफलता पाइने छ । पुनर्मिलनको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ र मंगल कार्यको योजना बन्ने छ । राज्य र समाजबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७