मन्दिरको करोडौंको जग्गा व्यक्तिको नाममा


२० जेष्ठ २०७७, मंगलवार
land reformin jagga 20181029025454

सुनसरी, २० जेठ । सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरस्थित राधाकृष्ण मन्दिरको करोडौं मूल्यको जग्गा मालपोतका कर्मचारीको मिलोमतो व्यक्तिको नाम दर्ता गराइएको छ ।

यसमा मालपोत कार्यालय सुनसरी ईनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापासहित ६ जनाविरुद्ध राजश्व छलीमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मन्दिरको नाममा रहेको १४ कठ्ठा १ धुर जग्गा व्यक्तिको नाम दर्ता गराउने उनीहरूविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिद तथा बिक्रीकर्ता गोविन्दकुमार बजगाई, दुहबी नगरपालिका ८ का वडाध्यक्ष तारिकचन्द्र सरदार, मालपोत अधिकृत मातृका दंगाल, नासु गोविन्दकुमार पौडेललाई प्रतिवादी बनाइएको छ ।

जग्गा बिक्री गर्ने अख्तियारी पाएका मन्दिरका उपाध्यक्ष मानन्धरले पहिला त्यो बजगाईलाई बेचेका थिए। बजगाईबाट मानन्धरले खरिद गरेको देखाएर आफ्नो नाममा ल्याएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

सोनापुरको नाममा रहेको कित्ता नम्बर १३ को १४ कठ्ठा १ धुर समितिको बैठकको निर्णयानुसार मोहीलाई आधा भाग छुट्टयाई बाँकी जग्गा प्रतिकठ्ठा ७ लाख ७१ हजारका दरले बिक्री गर्न उपाध्यक्ष मानन्धरलाई अख्तियारी दिएको थियो । मानन्धरले २०७५ असार १५ गते बजगाईलाई जग्गा बिक्री गरे ।

सोही जग्गालगतै असार २० मा बजगाईबाट मानन्धरले खरिद गरेको देखिएको छ । मालपोतका कर्मचारी जग्गा खरिद बिक्री कर्ता र वडाध्यक्ष समेतको मिलेमतोमा राजश्व रकम कम असुल गरी गराई लिखत पारित गरेको देखिएको छ । उनीहरूविरुद्ध भ्रष्टचार निवारण ऐनबमोजिम सजायको मागदाबी गरिएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७