विश्वका २९ लाख कोरोना संक्रमित निको, मृत्तकको संख्या तीन लाख ७७ हजार नाघ्यो


२० जेष्ठ २०७७, मंगलवार
157875 01 02

काठमाडौं, २० जेठ । विशवका २९ लाख बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल विश्वभर ६३ लाख ६१ हजार बढी मानिस कोरोना संक्रमित छन् । संक्रमितमध्ये ५३ हजार तीन सय बढीको अवस्था गंभीर छ ।
हालसम्म विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६ हजार ९ सय नाघेको छ । संक्रमितको संख्या १८ लाख ५८ हजार बढी छ । बेलायतमा २ लाख ७६ हजार संक्रमित मध्ये ३९ हजार बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३३ हजार संक्रमित र ३३ हजार ४ बढीको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ८९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार एक सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा करिब ३० हजार बढीको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सय बढी मृत्यु भएको छ । चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ छ ।

रसियामा ४ लाख १४ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार नाघ्दा ५ हजार ६ सय बढीको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय बढी संक्रमितमा करिब एक हजार ५ सयको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७