जर्ज फ्लोइडको हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन


२० जेष्ठ २०७७, मंगलवार
trump

अमेरिका, २० जेठ । अफ्रिकी (काला जाति) मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या नै गरिएको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आधिकारिक पोस्टमार्टम रिपोर्टले उनको ‘होमोसाइड’ अर्थात् मानव हत्या नै भएको पुष्टि गरेको हो ।

गत मे २५ मा अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसस्थित प्रहरी हिरासतमै फ्लोइडको मृत्यु भएको थियो । त्यसअघि उनलाई पक्राउ गर्ने क्रममा गोरा जातिका प्रहरी अधिकारीले घुँडाले उनको घाँटीमा लामो समय थिचेको भिडियो सार्वजनिक भएको थियो ।

पक्राउ गर्ने क्रममा प्रहरीले घाँटी थिचेर फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोस्टमार्टमा रिपोर्टमा उल्लेख छ । ‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ का कारण उनको मृत्यु भएको रिपोर्टले पुष्टि गरेको छ ।

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गरिने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताएका छन् ।

गत सोमबार प्रहरी हिरासतमा एक जना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएको हिंसात्मकहरु प्रर्दशनहरु भइरहेका छन् ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गरे । देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उनले आह्वान समेत गरे ।

यता न्यूयोर्कमा कर्फ्यू घोषणा गरिएको छ । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभई केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७