वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा


२० जेष्ठ २०७७, मंगलवार
bagmati pradesh

हेटौंडा, २० जेठ । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ ।

त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।

त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौं बैठक आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७