भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको दावी


२० जेष्ठ २०७७, मंगलवार
modi

काठमाडौं, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन् ।

उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् ।

उनले मंगलबार भनेका छन्, ‘मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौं ।’

भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्धानहरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ– प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् ।

उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बताए । कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औं वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।

उनले देशमा कारोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाईन कार्यक्रमहरु भइरहेका बताए । जस्तै अप्ठेरो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गरे । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७