१० लाख रोहिङ्ग्या शरणार्थी रहेको शिविरमा छिर्‍यो कोरोना, एकको मृत्यु


२० जेष्ठ २०७७, मंगलवार
refusi camp

ढाका, २० जेठ । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।

ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ । हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरु रहेका छन् । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७