नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, आज थप २८८ जनामा संक्रमण


२० जेष्ठ २०७७, मंगलवार
bikash devkota

काठमाडौँ, २० जेठ । नेपालमा आज (मंगलबार) २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिए ।

आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

त्यस्तै हालसम्म डिस्चार्ज भएकामध्ये पुरुष २१२ र महिला ५४ जना छन् । पछिल्लो पटक काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । रौतहट, सुर्खेत, सर्लाही, रुपन्देही, कैलाली र अछाम लगायतका स्थानमा कोरोना संक्रमित थपिएको प्रवक्ता देवकोटाले बताए ।

संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म पिसिआर ७५३४५ र आरडिटि ११६३४५ परिक्षण गरेको जानकारी दिएको छ । हाल १ लाख ४५ हजार ३७५ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७